कलकत्ता पुर्याएर मिर्गौला बेचविखन गर्ने पक्राउ

काठमाडौंँ- कलकत्ताको म:म पसलमा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाएर मानव अंग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नुवाकोट बेलकोटगढी नागरपालिका-१३ का ४३ वर्षीय हरि नेपाली पक्राउ परेका हुन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौंबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीले कलत्ताको म:म पसलमा आकर्षक तलबसहितको जागिरको प्रलोभन देखाई नुवाकोटबाट पीडितलाई झापाको काँकडभिट्टा हुँदै भारत कलकत्ता पुर्याएका थिए। मासिक ३० हजार तलब हुने प्रलोभनमा उनलाई लगिएको थियो । त्यहाँ पीडितलाई झुक्याएर अस्पताल भर्ना गरेर बेहोस पारी मिर्गौला झिक्ने कार्यमा उनले सहयोग गरेका थिए।
पीडितको मिर्गौला अर्कै व्यक्तिलाई प्रत्यारोपण गरिएको थियो। यस घटनामा संलग्न रही उनी फरार रहेका थिए । पक्राउ परेका नेपाली उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया