विद्यालय शिक्षा सम्बन्धी कानुनका विषयमा छलफल

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले नेपाल शिक्षक महासंघसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको बैठकमा शिक्षक महासंघले विद्यालय शिक्षालाई समयानुकुल बनाउन सुझाव दिएका थिए । सो क्रममा महासंघकी अध्यक्ष कमला तुलाधरले शिक्षकहरुले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा उचित नभएको धारणा राखिन् ।
मुलुकको शिक्षालाई आमूल परिवर्तन गर्नका लागि ऐनलाई समयानुकुल बनाउनुपर्ने उनले बताइन् । उनले विद्यालयमा स्रोत जुटाउनका लागि कानुनमै व्यवस्था हुनुपर्ने सुझाव दिइन् । तुलाधरले शिक्षकलाई कारवाही गर्ने कुरा स्थानीय सरकारलाई दिँदा आग्रह पूर्वाग्रह देखिन सक्ने बताइन् ।
शिक्षक बनाउने कुरामा पनि योजनागत रुपमा अघि बढ्न सकेन भने शिक्षकहरु नै देश बाहिरबाट ल्याउने अवस्था आउन सक्ने उनको भनाइ छ ।
समितिले अर्को बैठकमा नगरपालिका राष्ट्रिय महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र माध्यमिक विद्यालय शिक्षक युनियन लगायतसंग विधेयकका सम्बन्धमा छलफल गर्ने जनाएको छ । प्रतिनिधिसभामा गत असोज २१ गते सैद्धान्तिक छलफलपछि दफाबार संशोधनका लागि विधेयक समितिमा पठाइएको थियो ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया