एमालेले भन्यो - हामीलाई शून्य नबनाउनुस्

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई शून्य नबनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको प्रस्तावका बारेमा जानकारी गराउँदै राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई शून्य नबनाउन आग्रह गरेको जानकारी गराएका हुन् ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेको प्रस्ताव बुझेर गठबन्धन दलबीच थप छलफल हुने जानकारी दिए । उनले यस विषयमा माओवादी र कांग्रेसबीच पनि छलफल भएको र एमालेसँगको सहकार्य ससर्त हुने जिकिर गरे । पुष २३ गते उम्मेदवारी दिनका लागि २० सिटमध्ये एमालेको ९ सिटको व्यवस्थापनमा गठबन्धनको बैठक केन्द्रित भएको उनले बताए । उनले गठबन्धनको बैठक बिहीबार बिहान पुन बस्ने र थप छलफल गर्ने जानकारी दिए ।
त्यस्तै बैठकमा भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा पञ्चेश्वर लगायतका सम्झौतालाई राष्ट्र हितमा ल्याउने विषयमा छलफल भएको पाण्डेले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया