'एमालेलाई राष्ट्रिय शक्तिकारुपमा स्थापित गर्न जरुरी'

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको आवश्यकताका हिसाबले एमालेको सामथ्र्य कमजोर रहेको बताएका छन् ।
राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी भएको बताए ।
देशलाई आर्थिक समस्याबाट मुक्त गर्नेजस्ता चुनौतीबाट बाहिर निकाल्ने संकल्पकासाथ पार्टी लाग्नुपर्ने बताउँदै उनले मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीकारुपमा स्थापित हुन जरुरी छ, भने ।
महासचिव पोखरेलले सबैको प्रयासले एमाले अहिलेको ठाउँमा उभिन सफल भएको भन्दै उनले त्यसमा सन्तुष्ट भएर बस्न नहुने बताए । उनले पार्टीको सङ्गठनको दायरा फराकिलो बनाउन लागिरहेको भन्दै सबै समुदायलाई सङ्गठति गरेर पार्टीसँग जोड्नुपर्ने बताए ।
महासचिव पोखरेलले अपाङ्गताका नाममा भएका सामाजिक विभेद र उपेक्षालाई राज्यको कानुन र संरचनागत प्रबन्धद्वारा हटाउनुपर्ने बताए । उनले अपाङ्गता भएकाहरुको सम्मान गर्नुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया