शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

सत्ता गठबन्धन किन मिल्दैछ एमालेसँग ? शेखर भन्छन्- टिआरसी विधेयक र काण्डबाट बच्‍न

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले विभिन्‍न काण्डबाट बच्‍न सत्ता गठबन्धनलाई नेकपा एमालेको साथ चाहिएको आरोप लगाएका छन् । सामाजिक सञ्‍जालमा लेख्दै कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा सत्ता गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न लागेको कोइरालाले उल्लेख गरेका छन् ।

'हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्' कोइरालाले ट्‌वीट गरेका छन् 'कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?'