सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सिट बाँडफाँटका बिषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको हो ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरूबीच आन्तरिक छलफल गरेर पुन गठबन्धनको बैठक बस्ने जानकारी दिए । सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका बिषयमा मात्रै छलफल भएपनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उनले बताए ।
राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शून्य नबनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका बिषयमा गठबन्धनबीच छलफल भइरहे पनि कुनै निष्कर्ष आउन सकेको छैन । एमालेले सिट मागेपछि संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई एमालेले सघाउनुपर्ने गठबन्धनको सर्त छ ।
बैठक नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई सिट दिन नहुने भन्दै विरोध गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया