स्वास्थ्य संस्थामा एक सय अक्सिजन कन्सन्ट्रेटर प्रदान

काठमाडौँ : जोय फाउन्डेसन नेपालले देशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । फाउन्डेशनले मिलारेपा मेडिटेशन सेन्टर साँखु, ताइवान एल आइ एम च्यारिटेवल फाउन्डेसन र ताइवान एल आइ एम बुद्धिष्ट सोसाइटीसँगको सहकार्यमा देशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुमा १०० वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेको हो ।
नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, मुस्ताङ, कास्की, काठमाडौं, बर्दिया, गण्डकी, साँखु, ललितपुर, बाग्लुङ, भक्तपुर र मकवानपुरका अक्सिजन अभाव भएका विभिन्न स्वास्थ्य संस्थाहरुमा कन्सन्ट्रेटर दिइएको जोय फाउन्डेशन नेपालका अध्यक्ष राजु श्रेष्ठले बताए । स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य संस्थामा अक्सिजन कन्सनट्रेटर पुर्याउन लागिएको उनले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले अक्सिजन कन्सनट्रेटरले गाउँका स्वास्थ्यसंस्थामा भएको अक्सिजनको अभावलाई थोरै भएपनि परिपुर्ति गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया