नेपाल वायु सेवा निगमका विमान चालककै शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं– नेपाल वायुसेवा निगमका चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अख्तियर दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । चालक शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएको भन्दै आयोगले बिहिबार मुद्दा दायर गरेको छ ।
२०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेनमा नियुक्त भइ आठौँ तहमा विमान चालकमा बढुवा भएका चालक शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ ।
उनले भारतको सेकेन्डरी एजुकेसन काउन्सिल उत्तर प्रदेश अन्तर्गत भीएकजे इन्टर कलेज सराहरी गोरखपुरबाट प्रविणतापत्र तह उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालक भएका थिए । आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन २०५१ बमोजिम सजाय गर्न माग गरेको छ ।

मिश्र र प्रसाई थप ५ दिनमा हिरासतमा बस्नु पर्ने

विकल पौडेल माथी तोकियो अर्को पनि सजायँ, २ बर्ष कैदसहित १३ करोड ५८ लाख जरिव…

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

प्रतिक्रिया