मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

३० हजार घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

साउदले  लागुऔषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस लिएको आयोगले जनाएको छ । उनलाई ३० हजार बिगो कायम गरी कैद र बिगो जरिवाना गराउन आयोगले अदालत समक्ष माग गरेको छ ।