सफा हिमाल अभियान : २७ हजार ६७१ किलो फोहोर र चारवटा शव झिकियो

नेपाली सेनाको नेतृत्वमा भएको सफा हिमाल अभियान अन्तर्गत २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन गरिएको छ । बैशाख २ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन गरिएको सफा हिमाल अभियान २०२१ का क्रममा विभिन्न हिमालबाट कुहिने र नकुहिने गरि २७ हजार ६७१ किलो फोहोर संकलन गरिएको नेपाली सेनाले जानकारी गराएको हो ।
सो क्रममा सवैभन्दा बढि फोहर सगरमाथाबाट संकलन भएको थियो । संकलित मध्ये अहिलेसम्म १२ हजार ९९५ किलो फोहोर व्यवस्थापन वा पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ । शनिबार सैनिक मुख्यालयमा भएको समापन समारोहमा हिमाल सफाइमा खटिएकाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने टोली लिडरहरुले झण्डा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सेनाका उपरथी गोकुल भण्डारीले सफा हिमाल अभियानका लागि सरकारी तथा गैरसरकारी बिभिन्न संस्थाबाट सहयोग भएको जानकारी दिए । उनले सफाइका क्रममा नेपाली सेनाका तीन जनाले आमदब्लम हिमालको सफल आरोहण पनि गरेको बताए । त्यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले प्रतिकुल मौसमका बाबजुत पनि सेनालाई बिभिन्न तवरबाट सहयोग प्राप्त भएको बताए । उनले समय समयमा हिमाल सफाइ गर्नुभन्दा फोहर नै हुन नदिनका लागि आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरे ।

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_5y4tYmwpmT_7b8e7evvgtispp3snrbqtdsjdlt1anpy01aeresombq9papqy6jygxymeywt.jpg)
प्रतिक्रिया