सिंहदरबारभित्र देशको चित्र देखाइरहेका सवारी साधन (फोटो फिचर)

काठमाडौँ - तपाईँ सिंहदरबार जानुभएको छ ? जानुभएको भए मन्त्रालयका कुना कुनामा सरकारी सवारी साधनको थुप्रो देख्नुहुन्छ । सरकारी नम्बर प्लेटका मोटरसाइकल, गाडी, स्कुटरहरु खातैखात लगाएर राखिएका छन् । ती देख्दा तपाईँलाई लाग्न सक्छ यो मोटर बनाउने ग्यारेज हो कि सिंहदरबार ? तर नझुक्निुस् त्यो ग्यारेज हैन सिंहदरबार नै हो । देश हाँक्ने मान्छेहरू बस्ने दरबार हो । जहाँबाट हाम्रो देश चलिरहेको छ । तर, देशलाई व्यवस्थित बनाउने सिंहदरबारमा यति अव्यवस्थित रुपमा पुराना सवारी साधन राखिएका छन् कि त्यसले देशको चित्र बोलिरहेको छ । नागरिकले विभिन्न समस्याका लागि सरकार गुहारे जस्तै ती थोत्रा सवारीसाधनले पनि न्याय दिन गुहार गरे जस्तै लाग्छ ।
कति छन् त सिंहदरबारमा त्यस्ता सवारी साधन ?
सिंहदरबार भित्र मात्रै १०८ भन्दा बढी सवारी साधनहरु बिग्रिएको भन्दै अलपत्र अवस्थामा छन् । १०१ वटा मोटरसाइकल र स्कुटर, आठ वटा गाडी त्यसरी अलपत्र अवस्थामा छन् । कति सवारीसाधनलाई रुखका हाँगाहरु काटेर छोपेर राखिएका छन् । यी गाडीहरूले सिंहदरबारलाई कुरूप त बनाएको छ नै राज्यको ठूलो लगानी खेर गएको छ । सामान्य मर्मत गरेर चल्ने साधनहरु पनि त्यतिकै राख्दा कामै नलाग्ने भएका छन् । सिंहदरबारमा मात्रै होइन देश भरका विभिन्न प्रहरी कार्यालय, ट्राफिक कार्यालयहरूमा पनि धेरै सवारी साधनहरु अलपत्र अवस्थामा राखिएका छन् ।
सरकारले किन्ने हरेक सवारी साधनमा नागरिकको पसिना परेको छ । नागरिकले तिरेको करबाट सरकार सञ्चालन गर्ने व्यक्तिहरूका आवश्यकता पुरा हुन्छन् । फेरि सवारी साधन हाम्रो देशमा उत्पादन हुँदैनन् । भारतबाट ल्याउँदा एउटा मोटरसाइकल तीन सय प्रतिशत बढी कर तिरेर ल्याइन्छ । त्यसरी ल्याइएका सवारी साधनहरु मिलेसम्म बनाएर चलाउन सकिन्थ्यो । त्यसो नगरी पाटपुर्जा सम्म खिइने गरी अलपत्र राखिएका सवारी साधनले देशको दुरावस्था देखाइरहेको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया