मन्त्री बस्नेतको गुनासो : स्वास्थ्य मन्त्रालयको बजेट कटौती गरिएकाले धेरै काम गर्न सकिएन

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको बजेट कटौती गरिएकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न नसकिएको गुनासो गरेका छन् ।
शुक्रबार विराटनगरमा नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक गर्दै मन्त्री बस्नेतले उपलब्ध स्रोत साधनका बाबजुद पनि स्वास्थ्य क्षेत्रको सुधारका काम गरिरहेको बताए । उनले स्थानीय तहहरूले १० प्रतिशत मात्र बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याएमा जनतालाई स्वास्थ्य सेवा दिन सहज हुने भनाइ राखे ।
मन्त्री बस्नेतले तीन तहको सरकारले स्वास्थ्य संस्था चलाउने प्रावधानका कारण स्वास्थ्य क्षेत्रमा अन्योल देखिएको तर्क गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरूले प्रत्येक पालिकामा बनाउने भनिएको अस्पताल बजेट अभावमा अझै निर्माण हुन नसकेको र पर्याप्त जनशक्ति समेत नभएको गुनासो गरेका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया