बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

काठमाडौँ- शनिबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । 

आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक सार्नुको खास कारण भने कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरेको छैन ।