राष्ट्रियसभा निर्वाचन : आजै साँझ सिट बाँडफाँट गर्दै सत्ता गठबन्धन

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारूढ दलको बैठकले निकाल्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता साझेदार चार दलका शीर्ष नेताबीच छलफल भएको र आजै साँझ बस्ने अर्को बैठकले निष्कर्ष निकाल्ने सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । पहिलो चरणमा ४ बजे प्रमुख चार राजनीतिक दल र ५ बजे गठबन्धनमा आबद्ध सबै दलको बैठक बोलाइएको नेता लेखकले जानकारी दिए ।
साँझको बैठकमा सत्ता साझेदार सबै दललाई आमन्त्रण गरिएको छ । यसबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग पनि मिलेर जाने विषयमा छलफल भएको उनले बताए ।
एमालेले राष्ट्रियसभामा रिक्त सबै स्थानमा उम्मेदवारी दिने घोषणा गरेको छ । एमालेको घोषणापछि गठबन्धनमा सहभागी दलका बीचमा नै सिट बाँडफाँट गरेर जाने सहमति भएको नेता लेखकले बताए ।
“बृहद् लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि तत्काल सम्भव हुन सकेन”, नेता लेखकले भने ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताको सहभागिता थियो ।
राष्ट्रियसभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया