सर्लाही घटनाका पीडितलाई क्षतिपूर्ति दिन रवि लामिछानेको माग
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्लाही घटनाका पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । शनिबार सामाजिक सञ्चाल एक्समा एक पोस्ट लेख्दै उनले यस्तो माग गरेका हुन् ।
‘ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ,’ उनले लेखेका छन्, ‘लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनैपर्छ ।’
लामिछानेले अगाडि लेखेका छन्, ‘यस दु:खद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त कारबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु ।
ललितपुरको बालकुमारीमा युवाहरूले गरेकाे प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ । लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न… pic.twitter.com/pEFOHnxRtX
— Rabi Lamichhane (@hamrorabi) January 6, 2024

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया