दूतावासबाट रकम दिने कुरा गलत भएकाले सच्याउनुपर्छ : खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कुनै पनि देशको दूतावासबाट रकम दिने कुरा गलत भएकाले यसलाई सच्याउनुपर्ने बताएका छन् ।
शनिबार पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले कुनै पनि देशबाट अनुदान वा सहयोगमा रकम लिन सक्ने भए पनि दूतावासबाट रकम दिने कुरा देशको हितमा नरहेकाले सच्याउनुपर्ने बताए । भारतीय दूतावासलाई २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न दिने गरी भएको सम्झौता राष्ट्रिय हित विरोधी भएको उनले बताए ।
खनालले सरकारले योजना बनाएर देशको विकास गर्ने अधिकारलाई सुरक्षित राख्न सरकारले नसकेको तर्क गरे । उनले भारतीय दूतावासले सिधै रकम दिँदा दुरुपयोग हुन सक्ने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया