शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

महतोको अभिव्यक्तिबारे प्रष्ट पार्न नेपाल समूहका १५ स्थायी समिति सदस्यको माग

काठमाडौँ : नेकपा एमालेका १५ स्थायी समिति सदस्यले उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महताको विवादित अभिव्यक्तिबारे प्रष्ट पार्न सरकारसंग माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महतोको अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग उनीहरूको छ । 

संयुक्त विज्ञप्ति निकाल्दै उनीहरूले उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले शनिबार महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्दै दिएको अभिव्यक्ति अखण्डताविरोधी भएको उल्लेख गरेका छन् । 

अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा रहेको उनीहरूको तर्क छ । 

पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहित, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

यस्तो छ विज्ञप्ति :