कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त रुपेश कोइरालाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की, मन्त्रीहरू तथा उच्च पदस्थ कर्मचारीहरू र कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा अधिवक्ता कोइरालालाई नियुक्त गरेका थिए ।
अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत हुन् ।

कोशी प्रदेशको पर्यटन प्रबर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

झापामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ
विदेशमा सीप सिकेर स्वदेश उद्यमी

प्रतिक्रिया