सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

माउन्टेन इनर्जीले बोनस सेयर वितरण गर्ने

काठमाडौं -माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुका लागि बोनस सेयर वितरण गर्ने भएको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।