उच्च अदालतका ३९ न्यायाधीशले लिए सपथ

काठमाडौं - उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले शपथ लिएका छन् ।
सोमबार पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङसमेत उपस्थिति थिए।
भोलिदेखि आउँदो माघ १२ गतेसम्म न्यायाधीशहरू प्रशिक्षणमा रहनेछन् । त्यसपछि मात्रै उनीहरू तोकिएको उच्च अदालतमा जानेछन् ।
यही पुस १८ गते बसेको न्याय परिषद्को बैठकले ३९ जनालाई न्यायाधीश नियुक्त गरेको थियो । परिषद्ले २६ जिल्ला न्यायाधीश, चार न्याय सेवाका कर्मचारी र नौ कानुन व्यवसायीलाई उच्चको न्यायाधीशमा नियुक्त गरिएको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया