सहकारीले कृषि क्षेत्रलाई समेट्न सकेन : सभामुख घिमिरे

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिएको तर कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका हुन् ।
कृषिलाई आधुनिक ढंगले अघि बढाउने, बाँझो जमिनलाई उत्पादनमूलक बनाउने र उत्पादनसंगै बजारीकरणका लागि पनि सहकारीले सेवा केन्द्रित गर्नुपर्ने उनले भनाइ राखे । उनले तीन खम्बे अर्थ नीतिका आधारमा सहकारीको माध्यमबाट राज्यले लगानी गर्ने र त्यसमा निजी क्षेत्रलाई सहभागी गर्दै अघि बढ्नुपर्ने बताए ।
सभामुख घिमिरेले सहकारी क्षेत्रको कानुन निर्माणका साथै बजारीकरणमा देखिएको समस्यालाई सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
उनले राजनीतिक परिवर्तन गर्दै कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा विकास गर्दै लैजानुपर्ने उल्लेख गरे ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया