कर्णालीमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले गरे मोननयन दर्ता
काठमाडौँ - राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
गठवन्धनकातर्फवाट नेपाली कांग्रेसका रुकुमपश्चिमका कृष्ण वहादुर रोकायाले अन्य क्लष्टर ,नेकपा समाजवादीवाट महिला क्लस्टरमा दैलेखकी सावित्री मल्ल र नेकपा माओवादीका तर्फवाट दलित क्लष्टरमा कालिकोटका विष्णु विकले प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिए । त्यस्तै नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गराएका छन् । जसअन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका छन् ।
कर्णालीमा दलित, महिला र अन्य गरेर तीन सिटमा निर्वाचन हुँदैछ । कर्णालीमा जम्मा १९६ मतदाता रहेका छन् जसमध्ये स्थानीय तहमा १५८ र प्रदेशसभातर्फ ४० मतदाता रहेका छन् ।

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कर्णालीमा गोदाममै पाठ्यपुस्तक

शिक्षकले पाएनन् छ महिनादेखि तलब

उत्कृष्ट तीन कृषक पुरस्कृत

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

प्रतिक्रिया