मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

मकवानपुरका वन अधिकृत कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अधिकृत कोइरालाले नियुक्ति लिएको सालदेखि २०७८ सालसम्मको आम्दानी र खर्च विवरण हेर्दा एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँको स्रोत नखुलेको भन्दै आयोगले भ्रष्टाचार गरेको ठहर गरेको छ । 

नारायण कोइरालाले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम गैरकानुनी रूपमा सम्पत्ति आर्जनसम्बन्धी कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रुपैयाँ पचपन्न पैसा कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) अनुसार बिगो बमोजिम जरिवाना र कैद सजाय गर्न मागदाबी लिइएको छ ।

साथै कोइराला सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरेर गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोइराला समेतको नाममा जग्गा खरिद गरेको देखिएको आयोगले जानकारी दिएको छ । ​

आयोगले श्रीमती पौडेलको नाममा दर्ता कायम रहेको जग्गाको धर निर्माण तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएको खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत बराबरको भागको स्रोत नखुलेको सम्पत्तिबाट बिगो जरिमाना जफत गर्न पनि माग गरेको छ । 

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिवडा

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ : मनिष झा

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता