पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठग्ने भक्तपुरका शिवा न्यौपाने पक्राउ

काठमाडौं - पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले एक जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-२ बाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया