कर फर्छ्यौट आयोगका तीन पदाधिकारीविरुद्ध अख्तियारले दायर गर्यो सर्वोच्चमा पुनरावेदन मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका तीन पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनका लागि मुद्दा दायर गरेको छ । विशेष अदालतले गरेको फैसलामा बिगो र जरिमाना मागदाबी गरिए बमोजिम नभएको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो ।
विशेष अदालतले गत असार ५ गते कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरू उमेश ढकाल र चुडामणि शर्मा ढकाललाई कर फर्छ्यौट आयोगमा रहेर काम गर्दा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।
उनीहरूलाई अख्तियारले ११ अर्ब २ करोड ३३ लाख २० हजार ३ सय ८५ बिगो मागदाबी गरे पनि विशेष अदालतले ४ अर्ब ८६ करोड ८१ लाख ७५ हजार ३ सय ८० रुपैयाँ बराबरको मात्रै बिगो कायम गरेको भन्दै फैसला त्रुटीपूर्ण भएको अख्तियारले बताएको छ ।
कर फर्छ्यौट कार्य प्रणाली, २०७१ ले उल्लेख गरेको कर निर्धारण तथा फर्छ्यौटका आधारमा कर निर्धारण तथा फर्छ्यौट गरे नगरेको सम्बन्धमा प्रमाणको विश्लेषण नै नगरी विशेष अदालतले फैसला गरेकोले त्रुटीपूर्ण रहेको आयोगको भनाइ छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया