नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन ओलीले गर्ने

रौतहट- नेकपा एमाले रौतहट जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशन माघको २५ र २६ गते हुने भएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले रौतहटले तयारी तीव्र पारेको छ ।
सोही क्रममा मंगलबार जिल्ला अधिवेशनलाई भव्य बनाउन नेकपा एमाले प्रचार विभाग रौतहटको बैठक बसेको थियो । बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोत्तम पौडेलले अधिवेशनलाई भव्य रूपमा सफल तुल्याउन सबै तहतप्काका नेताहरू सक्रिय हुनुपर्ने बताएका छन् ।
जिल्ला अधिवेशनलाई भव्य रूपमा सफल पार्नका लागि प्रचार सामग्रीको निमार्णदेखि प्रचारप्रसारलाई व्यवस्थित बनाउन प्रचार विभाग तथा प्रेस चौतारीमा आबद्ध व्यक्तिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न पौडेलको आग्रह छ ।
बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य उद्धबप्रसाद रेग्मीले सबै मिलेर जिल्ला अधिवेशनलाई सफल बनाउन लागिपर्नु पर्ने बताए ।
पार्टीको जिल्ला अधिवेशनको लागी आउँदो माघ ३ गते सचिवालय बैठक आयोजना गर्ने, माघ ६ गते जिल्ला प्रतिनिधि परिषद् भेला र माघ १३ गते प्रतिनिधि चयन गर्ने र माघ २५ र २६ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सदस्य रेग्मीले जानकारी दिए ।
प्रचार विभाग रौतहटका प्रमुख रुपेशकुमार पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य बाल बिक्रम कार्की, प्रचार विभाग रौतहटका सदस्य अशोककुमार पहाडी, प्रेस चौतारी नेपालका केन्द्री सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिना, प्रेस चौतारी रौतहटका अध्यक्ष उत्तमकुमार उपाध्याय, नेकपा एमाले गरुडा नगर कमिटी संयोजक, प्रचार विभागका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया