सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

कोभिड संक्रमित बढ्‍दै गएपछि पाकिस्तानका शैक्षिक संस्थाहरु फेरि बन्द

हङकङ : कोभिड-१९ का सङ्क्रमितहरुको संख्यामा वृद्धि हुदै गएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुनेभएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ । 

शैक्षिक संस्थाहरु बन्द हुनेभएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।  यसैगरी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले इन्डोनेसियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । पछिल्लो पटक थपिएकाहरुसँगै इन्डोनेसियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ । 

इन्डोनेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।  मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितहरु ५६ हजार ६५९ जना रहेका छन् । बङ्लादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७६० जना सङ्क्रमित भएका छन । तीमध्ये दुई हजार ४१९ जना अहिले थपिएका हुन् । (सिन्ह्वा)

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म गयो ६२ को ज्यान

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…