ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । 'पैसा आउने, थपेर पाउने' नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।
बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५ हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, त्यसैगरी ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढि पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जनवरी ३१, २०२४ सम्म लागू बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिने जनाएको छ ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया