सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

नेप्सेको कारोबार तीन दिन बन्द हुने

फाइल फोटो

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ । बुधबार सूचना जारी गर्दै नेप्सेले कारोबार प्रणाली तीन दिन बन्द हुने जनाएको हो । 

विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द हुने नेप्सेले जनाएको छ ।