एमालेको मति अझै सुध्रेन : माधव नेपाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रिय सभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शुन्यमा झार्ने प्रयास गरेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँट गर्ने प्रयास केपी ओलीले गरेको बताएका हुन् ।
प्रचण्डसंग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको उनले बताए । उनले एमालेको मति अझै सुध्रन नरहेको भन्दै कम्युनिष्टहरु मिलुन् मात्रै भनेर नहुने तर्क गरे । अध्यक्ष नेपालले अर्थतन्त्र सुधार लगायतका समस्या समाधान गर्दै मुलुकलाई अघि बढाउन प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको बताए । उनले काम गर्ने मुख्य भूमिका रहेकाले प्रधानमन्त्रीले सुझावका आधारमा सुधारका काम गर्न सक्नुपर्ने धारणा राखे ।
उनले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने भन्दै यसप्रतिको आघात स्वीकार्य नहुने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया