शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

पुस २६ मा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

फाइल फोटो

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले भोलि अर्थात पुस २५ गते प्रदेशभरी सार्वजनिक बिदा दिएको छ। प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। खासगरि बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ।

भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढी स्थित रंगशालामा भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ।