बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

गठबन्धनको उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति परिचालन गर्ने समाजवादीको निर्णय

फाइल फोटो

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभामा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रिय सभामा गठबन्धनको उम्मेदवारलाई जिताउन लागि केन्द्रित हुन, व्यवस्थापन गर्न पार्टीको सबै शक्तिलाई परिचालन गर्न आव्हान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

त्यस्तै बैठकले पार्टीको विधान संशोधनका लागि जिल्ला र कार्यकर्ता तहसँग सुझाव लिने निर्णय गरेको उनले बताए । सबैबाट आएको सुझावलाई समेट्दै माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा छलफल हुने खतिवडाले बताए ।