शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

चिसोबाट बच्न बालेको आगो आफ्नै शरीरमा सल्किँदा ७५ वर्षीया महिलाको अवस्था गम्भीर

सांकेतिक तस्विर

बर्दिया - बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर एक वृद्धा गम्भीर घाइते भएकी छिन्।

बर्दिया राजापुर नगरपालिका(५ झप्टीकी ७५ वर्षीया सोहनी थारू जलेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्।

उनले ओढेको ब्लाङकेटबाट आगो सल्किएर उनी घाइते भएको प्रहरीले जनाएको छ।

थारूलाई बर्दिया अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्ज लगिएको छ।