के हो यो ?

उस पार खाएर
पुलमा छटाक रोक्ने राजेन्द्र
चुनाव हार्दा भन्थे -
'उनको हार भारतको हार
उनले जितेमा मात्र जित'
अहिले -
उनको अभिव्यक्तिले बोकेको प्रतिविम्ब
त्यसको लाचार छायाँ ओली
कोरोनाको जस्तै टिक्नका लागि बदलिँदै गएको स्वरूप
वर्ष दिनको अन्तरालमा -
'सिंह बन्न खोजेको ?' भनेर
ललकार्ने ओली
आज स्यालको छायाँमा
प्रतिविम्ब खोजेर
त्यसको धमिलो उज्यालोमा
बाटो पहिल्याइ रहेका छन्
घटना भनौँ या दुर्घटना यसलाई
के हो यो ?
प्रतिक्रिया