नेपालले खेल्ने यू-१९ एसिया कप डिसेम्बरमा

काठमाडौँ- यस वर्षको एसीसी यू-१९ एसिया कप आगामी डिसेम्बर महिनामा हुने भएको छ । एसीसीले बिहीबार सार्वजनिक गरेको वार्षिक तालिका अनुसार पुरुषको यू-१९ एसिया कप डिसेम्बरमा हुने भएको हो ।
यस वर्षको यू-१९ एसिया कपमा पनि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, नेपाल, जापान र युनाइटेड अरब इमिरेट्स (यूएई) को सहभागिता रहनेछ । यू-१९ एसिया कप ५० ओभरको हुनेछ ।
यता नेपालको सिनियर टिमले खेल्ने एसीसी प्रिमियर कप भने ओमानमा हुने भएको छ । एसीसी एसिया कपको छनोटको रुपमा समेत रहेको प्रिमियर कप ओमानमा अप्रिल १० देखि २३ तारिखसम्म आयोजना हुने भएको छ ।
प्रिमियर कपमा नेपाल, यूएई,ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार तथा एसीसी च्यालेन्ज कपबाट छनोट हुने दुई टिमको सहभगिता रहने तालिका रहेको छ ।
अर्कोतर्फ नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले फेब्रुअरी १० देखि १८ तारिखसम्म मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागिता जनाउने भएको छ ।
महिला प्रिमियर कपमा भने नेपालसँगै थाइल्यान्ड, यूएई, इन्डोनेसिया, हङकङ, मलेसिया, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सको सहभागिता रहनेछ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया