टी-ट्वान्टी सिरिज : अफगानिस्तानविरुद्ध भारतको जित
काठमाडौँ- भारतले पाहुना टोली अफगानिस्तानविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा जित हात पारेको छ ।
बिहीबार राति मोहालीमा भएको खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । यससँगै भारतले सिरिजमा १-० को अग्रता लिएको छ ।
बिहीबार राति अफगानिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य भारतले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतलाई जित दिलाउन प्लेयर अफ द म्याच घोषित भएका शिवम दुवेले ४० बलमा अविजित ६० रनको योगदान गरे । जितेश शर्माले ३१ रन जोडे ।
अफगानिस्तानका मुजिब उर रहमानले २ तथा अजमातुल्लाह ओमरजाईले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५८ रन जोड्दा मोहम्मद नावीले सर्वाधिक ४२ रन बनाए ।
भारतका मुकेश कुमार र अक्सर पटेलले समान २-२ तथा शिवम दुवेले १ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया