अध्यक्ष दाहालसमक्ष विधान मस्यौदा पेस

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विधानको मस्यौदा पेस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले उक्त मस्यौदा पेस गरेको हो ।
माओवादीले यही पुस ५ गते उपाध्यक्ष भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की रहेका थिए ।
मस्यौदा शनिबार बस्ने स्थायी समिति बैठकमा पेस हुने, पार्टी स्थायी समितिमा छलफल हुने र स्थायी समितिको निर्णयानुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने महासचिव गुरुङले जानकारी दिए ।
माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ । विधान सम्मेलन अघि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ । त्यस अवसरमा महासचिव गुरुङ, उपमहासचिवद्वय पोखेरेल र शर्मा तथा सचिव गणेश साह उपस्थिति थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया