सिटीका स्ट्राइकर हालान्ड दुई साता मैदान बाहिर रहने सम्भावना

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्ड दुई साता मैदान बाहिर रहने सम्भावना बढेको छ ।
खुट्टाको चोटका कारण हालान्ड जनवरी महिनाभर नै मैदान बाहिर रहने सम्भावना रहेको सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोलाले बताएका छन् ।
गत डिसेम्बर ६ मा एस्टन भिल्लासँग सिटीले पराजय भोगेपछि घाइते भएका हालान्ड मैदान बाहिरै रहेका छन् ।
गुआर्डियोलाका अनुसार उनको हड्डीमा चोट लागेको तथा ठिक हुन केही समय लाग्ने छ ।
नर्वेजियन स्ट्राइकर हालान्डले जारी सिजनमा सिटीका लागि २२ खेलमा १९ गोल गरिसकेका छन् ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत सिटीले आइतबार न्यूकासल तथा जनवरी ३१ मा बर्नलीविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसैगरी, एफए कपमा सिटीले जनवरी २६ मा टोटेनहमविरुद्ध खेल्ने छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया