राशिदको शतकमा नेपाल पुलिस विजयी, लुम्बिनीको जितमा अजयको ५ विकेट

काठमाडौँ- शनिबारबाट सुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको हो ।
पुलिसले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय १४ रनमात्र बनाउन सक्यो ।
बागमतीका लागि आशुतोष घिराइयाले ९२ रन तथा इशान पाण्डेले ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।
पुलिसका सागर ढकालले सर्वाधिक ३ तथा करण केसी, राशिद खान र दिपेन्द्र सिंह ऐरीले २-२ र ललित राजवंशीले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८२ रन बनाउँदा राशिद खानले शतक पूरा गरे ।
राशिदले १ सय १२ बलमा अविजित १ सय ६ रन जोड्दा ९ चौका र ६ छक्का प्रहार गरे । आरिफ शेखले ५७ रनको योगदान गरे ।
बागमतीका रिजन ढकाल र सूर्य तामाङले समान ३-३ तथा गौतम केसी र सोनु देवकोटाले १-१ विकेट लिए ।
यता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्यो ।
जितका लागि चाहिएको १ सय १२ रनको लक्ष्य लुम्बिनीले २८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा मृनाल गुरुङले ४७ रन तथा मोहम्मद हुसेनले २१ रन बनाए । गण्डकीका बिपिन खत्री र कमल परियारले समान ३-३ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ३४ ओभर ४ बलमै अलआउट हुँदै केवल १ सय ११ रन जोड्न सक्यो । गण्डकीका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाए ।
लुम्बिनीका लागि अजय चौहानले सर्वाधिक ५ विकेट हात पारे । मोहम्मद हुसेनले २ तथा कृष्ण कार्की, अभिषेक गौतम र नर शार्कीले १-१ विकेट हात पारे ।
यसैगरी, काठमाडौँको मुलपानी क्रिकेट मैदानमा शनिबार नै भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले गरेको थियो ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया