दोहोरी साँझ गएका देउवाको कुटपिटबाट मृत्यु, ६ जना पक्राउ
धनगढी - कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका उनको मृत्यु भएपछि सँगै रहेका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
२५ पुसमा दोहोरी साँझ गएका उनलाई घाइते अवस्थामा साथीहरुले घर लगिदिएका थिए । यसपछि परिवारले उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल लगेका थिए । देउवाको उपचारकै क्रममा मृत्यु भयो । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
मृतकका परिवारले मृतकका साथीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया