पुनर्वहाली भएपछि कृष्ण थापा भन्छन् : मलाई हराउने योजना बनाएका थिए पुरा हुन सकेन

पोखरा : पार्टीको कारबाहीपछि पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा रिट लिएर सर्वाेच्च अदालत पुगे । पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै उनलाई पार्टीको साधारण सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सबैबाट हटाएपछि उनी सर्वाेच्च पुगेका थिए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय उनले नमानेपछि उनलाई कारबाही गरिएको थियो ।
तर, आज सर्वाेच्च अदालतले उनलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ । अदालतले पुनर्वहाली गर्ने आदेश दिएपछि इकागजले उनै थापासँग संक्षिप्त प्रतिक्रिया लिएको छ । उनले कम्युनिष्ट एकता हुनुपर्छ भन्दै आएकोले कांग्रेसलाई सहयोग नगरेको पुन दोहोर्याए ।
उनले गलत मनसाय बोकेकाहरुले हराउने योजना बनाए पनि पुरा हुन नसकेको प्रक्रिया दिए । ‘कम्युनिस्टहरुको एकता हुनुपर्छ भन्दै आएको छु । मलाई गलत मनसाय बोकेको गठजोडले हराउने योजना बनाए पनि पुरा हुन सकेन,’ उनले भने, ‘गण्डकीलाई विघटनको बाटोमा जान दिनु हुँदैन । विघटनमा जान नदिने मेरो भुमिका हुन्छ ।’
उनले आफूलाई निर्दलीय व्यवस्था जस्तो गरेर हटाएको भन्दै आपत्ति पनि जनाए । ‘लोकतन्त्रमा निर्दलीय व्यवस्था जस्तो गरेर हटाए,’ उनले भने, ‘साना दलले अहिले विवेक देखाएर स्टेप लिनुपर्छ होइन भने प्रदेश विघटन हुन सक्ने अवस्था आउँछ ।’

नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री डा राणा
नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डा…

हिउँ चितुवाको बासस्थान सुधार तथा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : म…

सरकारले शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई भोलि बिहान साढे ७ बोलायो

देश बिकास गर्न आगामी दशकमा १ सय खर्ब रुपैयाँ लगानी आवश्यकः अर्थमन्त्री पौडेल

शिक्षक महासंघले बार्ता टोली बनाओस, सरकार बार्तामा बस्छः शिक्षा मन्त्री पन्त

७ दिनभित्र दर्ता नभए फेसबुक नेपालमा प्रतिबन्ध : सञ्चारमन्त्री गुरुङ

प्रतिक्रिया