धनुषाधाममा एकमहिने मकर मेला

महेन्द्रनगर (धनुषा)- धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।
धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद मण्डलले बताए ।
त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ । यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम अवस्थित छ । रासस

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया