प्रतिबन्धित औषधीहरूसहित दिपेश पक्राउ

ललितपुर - प्रतिबन्धित औषधिसहित ललितपुरबाट ए जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-३ महर्जन चोक बस्ने सर्लाही घर भएका २७ वर्षीय दिपेश जैसवाल रहेका छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रतिबन्धित औषधीहरू टेनाड ५ हजार ६ सय ट्याब्लेट, स्पासरेष्ट १ हजार ३ सय ट्याब्लेट, स्पास्मो ४ सय ट्याब्लेट, पीजीएबी ७५ एमजीको ६ सय ट्याब्लेट, पीजीएबी १०० एमजीको ७ सय ट्याब्लेट र स्पास्पेन ६ सय ५० ट्याब्लेटसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त प्रतिबन्धित औषधीहरूसित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया