अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैतको पहिलो साता हुने, ४० देशका ८८ फिल्म देखाइने

काठमाडौँ - सातौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्रको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत्र १ देखि ५ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो । महोत्सवमा ६० देशका ५ सय बढी फिल्मबाट छनौट भएका ४० देशका ८८ फिल्म देखाइने प्रतिष्ठानले जनाएको छ । महोत्सवलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने निफ आयोजक समितिका अध्यक्ष केपी पाठकले जानकारी दिए । महोत्सवमा अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै विभिन्न विधामा उत्कृष्ट फिचर चलचित्र, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने पाठकले बताए । अध्यक्ष पाठकले राम्रा धेरै चलचित्रकाबीच केही चलचित्र मात्रै छान्न सफल भएको धारणा राखे । महोत्सवका क्रममा आएका सुझावहरूलाई चलचित्र विकास बोर्डमार्फत सरकारलाई बुझाइने उनले बताए ।
पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले महोत्सवका क्रममा राष्ट्रिय र अन्तराष्ट्रिय समुदायबीच अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गरे । उनले महोत्सवलाई विकास बोर्डले आवश्यक सहयोग गर्ने जिकिर गरे । अध्यक्ष केसीले बोर्डको सीमित अधिकारका कारण नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन समस्या भएको गुनासो गरे ।
महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया