शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष थापा तीन लाख धरौटीमा छुटे

तस्विरः फाइल फोटो

काठमाडौँ- पशुपतिमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको मुद्दामा तत्कालीन कोषाध्यक्ष मिलन कुमार थापा तीन लाख धरौटीमा छुटेका छन्। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवसमेत रहेका थापासहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले तीन लाख धरौटीमा छाडेको सूचना अधिकारी एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए । मुद्दा दर्ता भएयता फरार रहेका थापा पुस २५ गते विशेष अदालतमा हाजिर भएका थिए ।

अख्तियारले थापासँगै तत्कालीन सदस्यसचिव प्रदिप ढकाल र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको थियो । एक करोड १७ लाख १ हजार ७२१ रूपैयाँ बिगो माग दाबी गरी उक्त मुद्दा असोज १४ गते दर्ता भएको थियो ।