म तिम्रै सफलतामा रम्ने मान्छे

म तिम्रो पाइला-पाइलामा
शुभकामना टक्र्याउने एउटा मान्छे हुँ
तिमी जाउ बढ्दै अघि
बाटोका काँडाहरू पन्छाउने छु
केही नसोच्नु दुख्यो कि भनि
हरपल म तिमीसँगै रमाउने छु
पल-पलमा सबैबाट चोरी
तिम्रै सफलताका गीत गाउने छु
नसोच्नु नराम्रो कहिल्यै
नबिराउनु पाइलाहरू
जहाँ आउँछन् दु:खका पहाड
तिम्रै हात म समाउने छु
हिड्दै जाउ नथाक्नु कहिल्यै
भोक प्यास दु:ख आउँछन् जीवनमा
नरम्नु बाटो मोडेर कतै
गन्तव्यसम्म तिमी मलाई साथै पाउने छौ
लिई पूजाको थाली
भगवानसँग माग्नेछु,
बढ्दै जाउ जीवनमा अघि-अघि
म तिम्रै सफलतामा रमाउने छु
नसोच्नु मेरोबारे कहिल्यै
तिम्रो शुभेच्छा गर्ने यात्री हुँ
जब दु:ख पर्छ नि जीवनमा
बस आसपास तिमी मलाई पाउने छौ ।

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पित

पिताको सम्झनामा सत्यराजले ल्याए पहिलो साहित्यिक कृति ‘१४ फागुन’

प्रतिक्रिया