विद्युत् उपभोक्ता समितिले नै तिरेनन् महसुल, भुक्तानी गर्न प्राधिकरणको ३५ दिने सूचना
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत् महसुल भुक्तानी गर्न सूचना जारी गरेको छ । बुधबार एक सूचना जारी गर्दै ९ वटा विद्युत् उपभोक्ता समितिहरूलाई विद्युत् प्रयोग गरेबापत महसुल बुझाउन ३५ दिने सूचना जारी गरिएको हो ।
देकुली विद्युत् उपभोक्ता समिति, पटेर्वा सुगौली गा.पा. १ र ३ (टोल सोनवर्षा र देकुली) पर्सा, देउराली विद्युत् उपभोक्ता समिति, सखुवा प्रसौनी ४ (टोल देउरवाना र सोलखपुर) पर्सा, पारसनाथ विद्युत् उपभोक्ता समिति, सखुवा प्रसौनी ५ (टोल महुवन) पर्सा, शिवशक्ति विद्युत् उपभोक्ता समिति, धोविनी गा.पा. ५ (टोल धोविनी) पर्सा, धोरे विद्युत् उपभोक्ता समिति, पाकाहा मैनपुर गा.पा. १ (टोल धोरे) पर्सा र विद्युत् उपभोक्ता समिति, पोखरिया न.पा. ४ (टोल गोविन्दपुर) पर्सालाई महसुल बुझाउन सूचना जारी गरेको हो ।
त्यस्तै उजाला विद्युत् उपभोक्ता समिति, धोविनी गा.पा. ३ ( टोल गुलरिया) पर्सा, जीवनज्योति विद्युत् उपभोक्ता समिति धोविनी गा.पा. ४ (टोल असवारी) पर्सा र प्रकाश विद्युत् उपभोक्ता समिति कालिकामाई गा.पा. १ (टोल तिनडीभिया र रविदास) पर्सालाई महसुल बुझाउन प्राधिकरणले सूचना जारी गरेको हो ।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

प्रतिक्रिया