बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा संखुवासभाबाट एक जना पक्राउ

तस्विरः फाइल फोटो

काठमाडौँ- गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा संखुवासभाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय साइबर ब्यूरोले संखुवासभा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेको साइबर ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए । पक्राउ परेका युवाविरुद्ध सात दिनको म्याद समेत थप भएको उनले जानकारी दिए ।

गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक गरिएको भन्दै कारबाहीको माग गर्दै यसअघि साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।