प्रदेश २ : जेठ २७ गते नीति तथा कार्यक्रम, असार १ गते बजेट

जनकपुरधाम : प्रदेश २ प्रदेश सभाको चालु पाँचौँ अधिवेशन सोमबार अन्त्य गरी सोमबारनै बजेट अधिवेशन गर्ने सुरु हुने भएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रमुख राजेश झा (अहिराज)ले सोमबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।
सोमबार बस्ने बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रि–बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।
प्रदेश सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संवैधानिक व्यवस्था अनुसार असार १ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत हुने प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
प्रदेश सभामा प्रदेश प्रमुख झाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया