प्रदेश तहमा प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनकः कमल थापा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रदेश तहमा प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनक भएको बताएका छन् । संघीयता खारेजीको आवाज सशक्त रूपमा उठिरहेको अवस्थामा प्रदेश तहमा प्रहरी समायोजन गर्ने कुरा आपत्तिजनक भएको उनले बताएका हुन् ।
बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै थापाले प्रहरीलाई प्रदेश तहमा समायोजन गर्दा शान्ति सुरक्षाको अवस्था झन अलमलिने उल्लेख गरे । 'प्रहरीको मनोबल गिर्नेछ, अराजकता बढ्नेछ। यो काम तत्काल रोकिनुपर्छ', उनले भने ।
संघियता खारेज हुनुपर्छ,प्रदेशस्तरीय संरचनाको आवश्यकता छैन भन्ने आवाज सशक्तरुपमा उठिरहेको अवस्थामा प्रदेशतहमा प्रहरी समायोजन गर्ने कार्य अनुपयुक्त र आपत्तिजनक छ।यस कार्यबाट शान्तिसुरक्षाको अवस्था झन खलवलिने छ।प्रहरीको मनोवल गिर्नेछ,अराजकता बढनेछ।यो काम तत्काल रोकिनुपर्छ।
— Kamal Thapa (@KTnepal) January 18, 2024

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया